पोखराको बीच भागमा बग्ने सेती नदी कहीँ लुक्छ भने कहीँ देखिन्छ। सेतीलाई जहाँ पायो त्यहीँबाट हेर्न सकिँदैन। लुकेर बग्ने सेतीको स्वभाव कस्तो छ भन्ने पनि थाहा हुँदैन।
त्यसो त, केही खस्यो भने पनि बाहिर निस्कन्छ कि गर्तमै बिलाउँछ भन्ने अनुमान गर्न सकिँदैन।
यही मंसिर २५ गते त्यस्तै भयो। पोखराको मणिपाल अस्पतालमा ज्वरोको उपचार गर्न आइपुगेका एक १९ वर्षीय किशोरले गलत बाटो रोजे। उनी पोखरा ११ फूलबारी र नदीपुरबीचमा रहेको झोलुङ्गेपुलमा कपडा र परिचयपत्र छाडेर उनी बेपत्ता भए।
तनहुँ स्थायी घर भइ पोखरा १६ लामाचौर बस्ने संगम मिश्रले सेती नै रोजेको निर्क्यौल गरियो। पिता हरिप्रसाद मिश्रले सेती नदीमा पानीको बहाब बढाउँदा कम्तिमा लास फेला पार्ने आशा जताए।
प्रहरीले उनकै आग्रहमा बिहीबार पोखरा १६ दीपमा रहेको चेकड्याम खोलेर नदीमा पानीको मात्रा बढायो।
नभन्दै ती किशोरको शव नदीपुरनेरको सेतीमा ढुंगामा अड्किएको अवस्थामा फेला पार्यो।
Shares
प्रतिक्रिया