ad ad

गण्डकी


लमजुङ पहिरो अपडेट : बेपत्ता ४ जनामध्ये एकको शव भेटियो

लमजुङ पहिरो अपडेट : बेपत्ता ४ जनामध्ये एकको शव भेटियो

घटनास्थल। तस्बिर : रासस


नेपालखबर
असार १२, २०८१ बुधबार १०:१९, लमजुङ

लमजुङको क्व्होंलासोथर गाउँपालिका-३, बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ। तीनजना अझै बेपत्ता छन्।

वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रुद्रमान गुरुङको शव फेला परेको हो।

पच्युटोलमा गएराति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते  भएका थिए। बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन्।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङका घर पुरिएका हुन्। पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी ५ वर्षीया छोरी नम्रता तथा ७ वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए। 

पहिरोले घर भत्किँदा एकजनाको मृत्यु, एक घाइते

यसैबीच लमजुङको दोर्दी गाउँपालिका–९ मा गएराति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ।

घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए। 

विकल र मिलन दाजुभाइ हुन्। दुवैजनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकामा विकलको उपचारकै क्रममा मृत्यु भएको हो।

मिलनको सोही अस्पतालमा उपचार भइरहेको छ।

यस्तै पहिरोका कारण लमजुङ–मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध छ। बेँसीसहर नगरपालिका–६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .