बागलुङमा पहिरोले घर पुरिँदा वृद्ध पति-पत्नीकै मृत्यु भएको छ भने सोही परिवारका दुईजना घाइते भएका छन्।
गएराति घरमा खसेको पहिरोमा परी गलकोट नगरपालिका-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो।
पहिरोले घर पुरिँदा प्रेमका बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ।
गएराति ३ बजे पहिरो गएको गलकोट नगरपालिका-८ का वडासदस्य लोकनाथ कँडेलले बताए।
घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ। रासस
300
Shares
प्रतिक्रिया