गण्डकी सरकारले सञ्चारकर्मी रिझाउने गरी बजेट सार्वजनिक गरेको छ।
गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आलेले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेशमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बिमा तथा लेखनवृत्ति कार्यक्रम घोषणा गरेका हुन्।
उनले यी कार्यक्रमले पत्रकारलाई उत्तदरदायी र अझ क्रियाशील बनाउने अपेक्षा राखिएको बताएका छन्।
यस्तै पत्रकार महिलालाई विभिन्न तालिमका लागि पनि बजेट व्यवस्था गरिएको आर्थिक मामिलामन्त्री आलेले घोषणा गरे।
गण्डकीको बजेटले दीगो अर्थतन्त्र निर्माण, उपलब्ध स्रोत र साधनको समन्यायिक वितरण गर्दै समानुपातिक विकासको लक्ष्य लिएको छ।
81
Shares
प्रतिक्रिया