नेपालले पहिलो नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ।
नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी२०आई शृंखलाको फाइनलमा टस जितेर ब्याटिङ रोजेको नेपालले चौथो ओभरको तेस्रो बलमा भुर्तेललाई गुमाएको हो।
उनले १० बल खेल्दै एक चौका र दुई छक्का प्रहार गरी २० रन बटुले। अहिले क्रिजमा रोहित पौडेल र आसिफ शेख खेलिरहेका छन्।
चौथो ओभर सकिँदा नेपालले एक विकेट गुमाएर २५ रन बनाएको छ।
सबै तस्बिर : विशाल कार्की
495
Shares
प्रतिक्रिया