ad ad

ग्लोबल


पूर्वराष्ट्रपति राजापाक्ष सिंगापुरबाट स्वदेश फर्कने अपेक्षा

पूर्वराष्ट्रपति राजापाक्ष सिंगापुरबाट स्वदेश फर्कने अपेक्षा

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०७९ मंगलबार १८:४२, कोलम्बो

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्धनाले बताएका छन्। 

आज यहाँ पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता गुणवर्धनाले भूतपूर्व राष्ट्रपति राजापाक्ष औपचारिक माध्यमबाट सिङ्गापुर गएकाले उनी लुकेर त्यहाँ बसेको भन्नु मनासिब नभएको बताए। गत असार २९ गते यहाँबाट उनी माल्दिभ्स हुँदै असार ३० गते सिङ्गापुर पुगेका थिए। 

सिङ्गापुर पुगेको भोलिपल्ट उनले पदबाट राजीनामा दिएका थिए। सोही दिन सभामुख महिन्दा यापा अबेवर्देनाले उनको आधिकारिक राजीनामाको घोषणा गरेका थिए। 

चरम आर्थिक सङ्कटले पिरोलिएका श्रीलङ्काका जनता औषधि, इन्धन र खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरूको अभावमा सङ्घर्ष गरिरहेका छन्। 

राजापाक्षको कुशासनका कारण आफूहरूले अकल्पनीय अभावको सामना गर्नुपरेको भन्दै हजारौं सर्वसाधारण विरोध प्रदर्शनमा उत्रेका थिए भने केहीले राष्ट्रपति निवासमा प्रवेश गरेर उनलाई देश छाड्न बाध्य पारेका थिए। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .