पाकिस्तानी सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
पाकिस्तानको बालुचिस्तान प्रान्तमा सोमबार रातीदेखि हराइरहेको हेलिकोप्टर मंगलबार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सरकारी सैन्य अधिकारीहरूले जानकारी दिएका हुन्।
दुर्घटनामा परी ज्यान गुमाउनेमा लेफ्टिनेन्ट जेनरल सर्फाज अलि पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
मौसमको खराबीका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनाप्रति प्रधानमन्त्री शेहबाज शरिफले गहिरो दुःख व्यक्त गरेका छन्।
उनले मृतकका आफन्तजनप्रति सहानुभूति पनि व्यक्त गरेका छन्। रासस/एएनआई
42
Shares
प्रतिक्रिया