ad ad

ग्लोबल


विदेशीलाई प्रभावित पार्न रुसले करोडौं डलर खर्चिएको अमेरिकाको दाबी

विदेशीलाई प्रभावित पार्न रुसले करोडौं डलर खर्चिएको अमेरिकाको दाबी

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०७९ बुधबार १०:३५, काठमाडौँ

अमेरिकाले रुसमाथि विश्वका २४ भन्दा धेरै मुलुकका नेतालाई प्रभावित पार्न गोप्यरुपमा सन् २०१४ देखि अहिलेसम्म ३० करोडभन्दा धेरै रकम खर्च गरेको आरोप लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयको अमेरिकी गुप्तचर विभागले जारी गरेको आकलनको आधारमा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो। बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले यो यसबारेमा पाइएको निकै कम जानकारी भएको उल्लेख गरेका छन्। 

रुसले अहिलेसम्म यस विषयमा सार्वजनिकरुपमा कुनै टिप्पणी गरेको छैन। रुसले पनि अमेरिकामाथि विदेशी मामिलामा अनावश्यक हस्तक्षेप गर्ने गरेको आरोप लगाउँदै आएको छ। 

बाइडेन प्रशासनका एक अधिकारीले नाम नबताउने शर्तमा रुसले खर्च गरेको अझै धेरै रकम हुन सक्ने बताएका छन्। यद्यपि रुसले कुन मुलुकका नेतालाई पैसा दिएको हो भन्ने विवरण भने खुलाइएको छैन।

एएफपी न्युज एजेन्सीका अनुसार यस मामिलाबाट जानकारी राख्ने प्रशासनको स्रोतले दिएको जानकारीअनुसार रुसले अल्बानियामा सन् २०१७ मा भएको निर्वाचनमा सेन्टर–राइट डेमोक्रेटिक पार्टीलाई समर्थन गर्न ५ लाख डलर खर्च गरेको थियो।

त्यस्तै बोस्निया, मोन्टेनेग्रो र माडागास्करमा पार्टीको उम्मेदवारका लागि खर्च गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .