गत अगस्टमा पार्टीमा नाच्दै गरेको भिडिओ सार्वजनिक भएपछि छानबिनमा तानिएकी फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनलाई उन्मुक्ति दिइएको छ। ३६ वर्षीया प्रधानमन्त्रीले कुनै गलत काम नगरेको भन्दै आफ्नो बचाउ गरेकी थिइन्।
उनको व्यवहारले फिनल्यान्डको प्रतिष्ठा र सुरक्षामा आँच पुगेको भन्दै मरिनविरुद्ध दर्जनौँ उजुरी परेको बताइएको छ।
तर, छानबिनबाट उनले प्रधानमन्त्रीको कर्तव्यलाई बेवास्ता नगरेको निष्कर्ष निकालिएको छ।
‘आफ्ना् कर्तव्य पुरा गर्ने सवालमा प्रधानमन्त्रीमाथि गैरकानुनी आचरण गरेको आशंका गर्नुपर्ने कुनै कारण छैन,’ छानबिनपछि चान्सलर अफ जस्टिस तोमस पोयस्तीले भने।
व्यापक विरोध भएपछि मरिनले त्यतिबेलै लागुऔषध परीक्षण समेत गराएकी थिइन्।
उनले निजी स्थानमा साथीहरुसँग समय बिताउँदाको भिडिओ बाहिरिएको भन्दै आफ्नो बचाउ गरेकी थिइन्। एजेन्सी
27
Shares
प्रतिक्रिया