मलेसियामा दुई जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ।
मलेसियाको तमान पेरिन्डस्ट्रियन अकल्यान्डमा उनीहरु मृत भेटिएको एनएसटी डटकम मलेसियाले जनाएको छ।
उनीहरुको अनुहारमा चोट लागेको पाइएको छ। मृतकहरु ३५ र ४६ वर्षको भएको बताइएको छ। उनीहरु कामदारहरुको क्यान्टिनको भुइँमा मृत भेटिएका हुन्।
जिल्ला प्रहरीका प्रमुख असिस्टेन्टन कमिसनर नन्द मरोफले त्यही क्यान्टिनको एक जना नेपाली सञ्चालकलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको बताए।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी र डाक्टरको टोली पुगेको थियो। डाक्टरको टोलीले तत्कालै उनीहरुलाई मृत घोषित गरेको थियो। उनीहरुको अनुहारमा रगत र चोट भेटिएको थियो।
घटनाको प्रकृतिअनुसार मदिरा पिएर झगडा भएको हुनसक्ने अनुमान गरिएको छ। ती कमिसनरका अनुसार घटनास्थलमा ह्यामर बरामद भएको छ। त्यही प्रयोगमार्फत उनीहरुको मृत्युको आशंका गरिएको छ।
Shares
प्रतिक्रिया