ad ad

ग्लोबल


युक्रेन युद्धका लागि पुटिनले किन परिवर्तन गरे रुसका शीर्ष कमान्डर?

युक्रेन युद्धका लागि पुटिनले किन परिवर्तन गरे रुसका शीर्ष कमान्डर?

रुसी चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोफ


नेपालखबर
पुस २८, २०७९ बिहिबार ९:३६, काठमाडौँ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमान्डर सर्गेई सुरोभिकिनलाई पदबाट हटाएका छन् । उनी तीन महिनाअघि मात्र युक्रेनमा नियुक्त भएका थिए।

अब चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोफले यो ‘विशेष सैन्य अभियान’को नेतृत्व गर्नेछन्।

सर्गेई सुरोभिकिनको स्थानमा जनरल गेरासिमोफलाई नियुक्त गरिएको छ । शीर्ष कमान्डरका रूपमा सुरोभिकिन रुसको संयुक्त सेनाका प्रमुख थिए।

सुरोभिकिनले भर्खरै युक्रेनको ऊर्जा पूर्वाधारमा भएको आक्रमणको जिम्मेवारी लिएका थिए।

रुसले पूर्वी युक्रेनमा अगाडि बढिरहेको दाबी गरेपछि यो परिवर्तन भएको हो। रुसले गत वर्ष फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेको थियो।

जनरल गेरासिमोफ सन् २०१२ देखि प्रधानसेनापतिको पदमा छन्। उनी सोभियत युगपछि सबैभन्दा लामो समय सेवा गर्ने चिफ अफ जनरल स्टाफ हुन्।

जनरल सुरोभिकिनले अब उनको डेपुटीको रूपमा काम गर्नेछन्। उनी अघिल्लो युद्धहरूमा क्रूर नीतिहरूका लागि परिचित छन्। जसमा सिरियामा रुसको अभियान र एलेप्पो सहरमा भारीबमबारी पर्छन्। 

त्यसलगत्तै अक्टोबरमा उनलाई यो अभियानको नेतृत्व सुम्पिइयो। त्यसपछि रुसले युक्रेनको ऊर्जा पूर्वाधार ध्वस्त पार्न खोज्यो। खेरसनबाट रुसी सेना निस्किने बेलामा सुरोभिकिन पनि उपस्थित थिए।

रुसको रक्षा मन्त्रालयले सुरोभिकिनलाई प्रतिस्थापन गर्नुको उद्देश्य ‘सेनाका विभिन्न शाखाहरू बीचको नजिकको सम्पर्क स्थापित गर्न र व्यवस्थापनको गुणस्तर र प्रभावकारितामा सुधार गर्नु’ भनेको छ।

तर, यो पनि भनिन्छ कि सुरोभिकिनले धेरै शक्ति हासिल गरेका थिए।

सैन्य मामिलाका विशेषज्ञ रोब लीले ट्वीटरमा लेखेका छन्, ‘तीनै सेनाका कमान्डरका रूपमा सुरोभिकिन धेरै शक्तिशाली बन्दै गएका थिए र राष्ट्रपति पुटिनसँग कुरा गर्दा रक्षामन्त्री र गेरासिमोलाई बेवास्ता गरिरहे।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .