सेन्ट पिटर्सबर्गको एउटा क्याफेमा भएको विस्फोटमा रुसी सेनाका मुख्य ब्लगरको मृत्यु भएको छ। रुसको आन्तरिक मन्त्रालयले ब्लगर भ्लादलेन तातार्स्कीको मृत्यु भएको पुष्टि गरेको छ।
प्रहरीका अनुसार स्ट्रिट बार क्याफेमा भएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा सडकमा विस्फोट र घाइते मानिसहरू देखिएका छन्। भ्लादलेनको वास्तविक नाम म्याक्सिम फोमिन थियो। उनले युक्रेनमा रुसको आक्रमणलाई कडा समर्थन गरिरहेका थिए।
उनले युक्रेनको फ्रन्टलाइनबाट रिपोर्टिङ गरेका थिए। गत वर्ष एउटा भिडिओको निकै चर्चा भएको थियो।
जुन भिडिओमा उनले भनेका थिए, ‘हामी सबैलाई हराउनेछौँ, सबैलाई मार्नेछौँ।’
रुसको समाचार एजेन्सी आरआईएले मन्त्रालय स्रोतलाई उद्धृत गर्दै भ्लादलेनलाई बम लुकाइएको एउटा बक्स उपहारस्वरूप दिइएको र त्यो विस्फोट हुँदा उनको मृत्यु भएको उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया