ad ad

ग्लोबल


पाकिस्तानको क्वेटामा विस्फोट : चारजनाको मृत्यु, नौ घाइते

पाकिस्तानको क्वेटामा विस्फोट : चारजनाको मृत्यु, नौ घाइते

नेपालखबर
चैत २७, २०७९ सोमबार २१:५९, काठमाडौँ

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको प्रान्तीय राजधानी क्वेटामा सोमबार दिउँसो प्रहरीको गाडी नजिकै भएको विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको प्रहरी र स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

स्थानीय प्रहरीले सञ्चारमाध्यमलाई बताएअनुसार विस्फोट क्वेटाको कान्दाहारी बजारको मिजान चोक क्षेत्रमा नियमित गस्तीमा रहेको प्रहरीको गाडीमा भएको थियो।

उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई अस्पताल लगिएको थियो।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा राखिएको बमलाई रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको थियो।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .