ad ad

ग्लोबल


पश्चिमी म्यान्मारमा ड्रोन आक्रमणमा बालबालिकासहित आठजनाको मृत्यु

पश्चिमी म्यान्मारमा ड्रोन आक्रमणमा बालबालिकासहित आठजनाको मृत्यु

नेपालखबर
बैशाख १, २०८० शुक्रबार २०:८, काठमाडौँ

पश्चिमी म्यान्मारको सागाइङ क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी पाँच बालबालिकासहित आठ जनाको मृत्यु  भएको छ म्यान्मारको राज्य प्रशासन परिषद्ले जनाएको छ।

साथै, घटनामा अन्य ३१ जना घाइते भएको परिषद्ले बताएको छ। 

स्थानीय समयअनुसार बिहीबार साँझ ५ः४० बजे सागाइङ क्षेत्रको सागाइङ शहरको एक गाउँमा रहेको एक सरकारी विद्यालय नजिकै ड्रोनमार्फत बम आक्रमण गरिएको समाचारमा जनाइएको छ।

परम्परागत थिङयान जल महोत्सवको पूर्वसन्ध्यामा ड्रोनबाट चार वटा बम खसालेको बताइएको छ।

मृत्यु हुनेमा परम्परागत थिङयान जल महोत्सव मनाइरहेका बालबालिकासहित गाउँले रहेका छन्। घाइतेलाई उपचारका लागि सागाइङ्ग अस्पतालमा पठाइएको जनाइएको छ।

सोही दिन पूर्वी म्यानमारको शान राज्यको लाशियो शहरमा भएको बम विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए। आक्रमणकारीको खोजी कार्य जारी रहेको बताइएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .