ad ad

ग्लोबल


सुडानको लडाइँमा ४ सयभन्दा बढी मृत्यु : डब्ल्यूएचओ

सुडानको लडाइँमा ४ सयभन्दा बढी मृत्यु : डब्ल्यूएचओ

नेपालखबर
बैशाख ८, २०८० शुक्रबार १८:२९,

सुडानमा जारी द्वन्द्वमा ४ सयभन्दा बढीको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त भइरहेको छ।

कम्तीमा ३५ सय मानिस घाइते भएको संगठनले जानकारी दिएको छ।

मृतकमध्ये ९ जना र घाइतेमध्ये ५० जना बालबालिका रहेको संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले बताइन्।

सेनासँग भिडिरहेको आरएसएफ अर्धसैन्य बलले एकतफी युद्धविराम घोषणा गरे पनि राजधानी खार्तुम र अन्य क्षेत्रमा लडाइँ जारी रहेको बताइएको छ।

अमेरिकाले सुडानमा रहेका आफ्ना नागरिक फिर्ता ल्याउने कार्यमा खटाउन जिबुटीमा रहेको सैन्य अखडामा ठूलो संख्या सेना पठाउने भएको छ। 

ती सैनिकलाई सुडानस्थित अमेरिकी दूतावासका कर्मचारीलाई फिर्ता ल्याउन आवश्यक परे खटाइने पेन्टागनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .