ad ad

ग्लोबल


अर्जेन्टिनी राष्ट्रपति फर्नान्डेज पुनः निर्वाचन नलड्ने

अर्जेन्टिनी राष्ट्रपति फर्नान्डेज पुनः निर्वाचन नलड्ने

नेपालखबर
बैशाख ९, २०८० शनिबार २१:८, काठमाडौँ

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस वर्षको अन्त्यमा हुने निर्वाचनमा आफू उम्मेदवार नहुने तर अर्जेन्टिनाका समस्या समाधानका लागि सबै प्रयास केन्द्रित गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एक भिडियोमा फर्नान्डिजले सत्तारुढ फ्रेन्टे डे टोडोसका उम्मेदवारहरूले ‘दक्षिणपन्थीहरू आफ्नो दुःस्वप्न र अन्धकार ल्याउन’ सत्तामा फर्कने छैनन् भन्ने सुनिश्चितता गर्नका लागि आफूले काम गर्ने बताएका छन्।

फर्नान्डिजले अगष्ट १३ मा हुने निर्वाचनका लागि उम्मेदवार दर्ताको समयसीमा भन्दा लगभग दुई महिना अघि यो निर्णयको घोषणा गरेका हुन्।

सन् २०२३ देखि २०२७ सम्म का लागि अर्जेन्टिनाका नागरिकले राष्ट्रपति र उपराष्ट्रपतिका साथै १३० जना डेपुटी, २४ जना सिनेटर र ४३ जना साउदर्न कमन मार्केटका सदस्यका लागि मतदान गर्ने छन्।

अप्रिल १९५९ मा जन्मिएका फर्नान्डिज सन् २०१९ को अन्त्यमा सत्तामा आएका थिए भने यसै वर्षको डिसेम्बरमा उनी पदमुक्त हुनेछन्। (रासस/सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .