ad ad

ग्लोबल


अमेरिका र दक्षिण कोरियाको आणविक सम्झौताले ठूलो खतरा ल्याउने किमकी बहिनीको चेतावनी

अमेरिका र दक्षिण कोरियाको आणविक सम्झौताले ठूलो खतरा ल्याउने किमकी बहिनीको चेतावनी

नेपालखबर
बैशाख १६, २०८० शनिबार १८:२७,

उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीच भएको आणविक सम्झौताले थप खतरा निम्त्याउने चेतावनी दिएकी छन्।

उनले उत्तर कोरियाको आणविक निरोधलाई अझ परिपक्व बनाउनुपर्ने बताइन्।

उत्तर कोरियाको आणविक खतरालाई रोक्न भन्दै दक्षिण कोरियाले आफ्नौ आणविक हतियार बनाउने प्रयास गरेको थियो। तर, राष्ट्रपति युन सुक योलको हालैको अमेरिका भ्रमणमा दक्षिण कोरियाले आणविक हतियार नबनाउने सम्झौता गरिएको छ।

त्यसको सट्टा अमेरिकाले आणविक हतियारसज्जित पण्डुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने र त्यसमा दक्षिण कोरियालाई पनि सहभागी गराउने निर्णय भएको छ। जसलाई वासिङ्टन डिक्लरेसन नाम दिइएको छ।

सो सम्झौताप्रति इंगित गर्दै किमले भनिन्, ‘जति शत्रुहरुले आणविक युद्धको अभ्यास मञ्चन गर्छन् र उनीहरु जति धेरै आणविक हतियार कोरियाली प्रायद्वीनजिक तैनाथ गर्छन्, हाम्रो आत्मरक्षाको अधिकार उति नै बलियो हुन्छ।’

यसको नजिता उत्तरपूर्वी एसियाको शान्ति र सुरक्षा झन् खतरामा पर्ने उनले बताइन्।

उनी वर्कर्स पार्टीको केन्द्रीय समितिमा छिन् र सत्तामा ठूलो प्रभाव राख्छिन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .