ad ad

ग्लोबल


बेलायती राजाको राज्याभिषेक : बिसपले लगाइदिए मुकुट

बेलायती राजाको राज्याभिषेक : बिसपले लगाइदिए मुकुट

नेपालखबर
बैशाख २३, २०८० शनिबार १७:७, काठमाडौँ

बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक भएको छ। वेस्टमिन्स्टर एबीमा भएको समारोहमा उनलाई क्याटरबरीका आर्कबिसपले मुकुट पहिर्‍याइदिएका छन्।

आर्कबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवर्डको मुकुट राजाको शिरमा लगाउँदै घोषणा गरे, ‘ईश्वरले राजाको रक्षा गरुन्!’

समारोहमा उपस्थित करिब एक सय राज्य प्रमुख, राजारानी र सेलेब्रिटी तथा राजपरिवारका नातेदारहरुले जवाफमा भने, ‘ईश्वरले राजाको रक्षा गरुन्।’

उनीपछि रानी क्यामिलियालाई पनि मुकुट पहिर्‍याइएको छ।

सो समारोहमा दुई हजारभन्दा बढी अतिथिहरु उपस्थित छन्। 

राज्याभिषेकलगत्तै विश्वनेताहरुले राजारानीलाई बधाई दिने क्रम सुरु भएको छ।



प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .