ad ad

ग्लोबल


इमरानलाई समात्न अदालतको झ्याल फुटाउँदै सुनुवाइ कक्षमै छिरेको थियो रेन्जर्स फोर्स

इमरानलाई समात्न अदालतको झ्याल फुटाउँदै सुनुवाइ कक्षमै छिरेको थियो रेन्जर्स फोर्स

नेपालखबर
बैशाख २६, २०८० मंगलबार १७:३४, काठमाडौँ

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई मंगलबार दिउँसो तीन बजे गिरफ्तार गरिएको छ। 

उनलाई पाक रेन्जर्स फोर्सको ठूलो संख्याको टोलीले अदालतबाटै उठाएको हो। पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट गिरफ्तार गरिएको हो। 

समाचार अनुसार इमरानलाई पाकिस्तानको रेन्जर्स फोर्सले उठाएको हो। इमरान जब अल-कादिर ट्रस्ट मामिलामा पेशीका लागि उच्च अदालत पुगे तब उनलाई  पाक रेन्जर्सले आफ्नो नियन्त्रणमा लियो।

आईएसआईमाथि गम्भीर आरोप
हालै मात्र इमरानले आईएसआईका अधिकारी फैसल नसिरमाथि गम्भीर आरोप लगाएका थिए। नसिरले नै वजिराबादमा आफ्नो हत्याको योजना बनाएको उनको दाबी थियो। 

तर पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको थियो। त्यसपछि मंगलबार मात्रै इमरानले एक भिडिओ जारी गरेर फेरि आईएसआईएसमाथि निशाना साँधेका थिए। यसको करिब चार घन्टापछि उनलाई प्यारा मिलिट्री फोर्सले अदालतबाटै गिरफ्तार गरेको हो। 

इमरान पक्राउ परेपछि उनको पार्टीको प्रदर्शनलाई रोक्न पाकिस्तानमा धारा १४४ लागु गरिएको छ। 

पीटीआई एक नेता अजहर मसवानीले रेन्जर्सद्वारा अदालत भित्रबाट ७० वर्षीय इमरान खानको अपहरण गरेको बताए। त्यसक्रममा रेन्जर्स फोर्सले बख्तरबन्द गाडीले अदालतको गेट थुनिदिएका थिए। त्यसपछि झ्याल फुटाउँदै छिरेका उनीहरुले अदालतको सुनुवाइ कक्षबाटै इमरानलाई उठाएका हुन्। 

उनले पार्टीले देशभरमा प्रदर्शन गर्न आह्वान गरेका छन्। पार्टीका एक अन्य नेताले ट्विटरमा भिडिओ सन्देशमा इमरान खानलाई कुटपिटसहित प्रताडित गरिएको बताए। खानलाई रेन्जर्सले कुटपिट गरिरहेको बताउँदै समर्थकहरुलाई आन्दोलनमा उत्रिन उनले भनेका छन्। 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार रेन्जरले इस्लामाबाद उच्च अदालतमा इमरान खानलाई गिरफ्तार गर्न झ्यालको शिशा फोडेर छिरेका थिए। 

यो घटनाका क्रममा इस्लामाबाद उच्च अदालत (आईएचसी) परिसरभित्र इमरान खानका वकील गम्भीर घाइते भएका छन्। उनी रगतले लत्पतिएको अवस्थाको भिडिओ पनि आएको छ।

पूर्व पाकिस्तानी प्रधानमन्त्रीको पार्टीले एक ट्वीटमार्फत यो घटनालाई लोकतन्त्र र देशका लागि कालो दिन भनेका छन्। 

आईजी अकबर खानले अल-कादिर ट्रस्ट स्क्याम केसमा इमरानलाई गिरफ्तार गरिएको हो। पाकिस्तानी पत्रिका ‘द डन’ का अनुसार अल कादिर ट्रस्ट घोटालाकाण्डमा ५० अर्बभन्दा धेरै रकम आफ्नो र पत्नी बुसरा बीबीले व्यक्तिगत फाइदामा प्रयोग गरेको आरोप लागेको छ।

आइतवार एक र्‍यालीमा इमरानले जासुसी संस्था आईएसईको राजनीतिक विङ्का प्रमुख फैसल नसिरमाथि गम्भीर आरोप लगाएका थिए।

खानले फैसलले आफूलाई मार्न चाहेको आरोप लगाएका थिए। यसमा केही अधिकृतले उनलाई साथ दिइरहेको उनले बताएका थिए। त्यहीकारण पाकिस्तानी सेनाले सार्वजनिक रुपमै उक्त आरोपको खण्डन गरेको थियो।

त्यसपछि मंगलवार लाहौरबाट इस्लामाबाद जानुअघि इमरानले कारबाट एक भिडिओ म्यासेज जारी गरेका थिए।  उक्त आरोप दोहोर्‍याउँदै भिडिओ सार्वजनिक गरेको ४ घण्टापछि उनी पक्राउ परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .