फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले पतिसँग सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन्। प्रधानमन्त्री रहेकै बेला २०१९ मा उनले मार्कर राइकोनेनसँग विवाह गरेकी थिइन्।
उनीहरु संयुक्त रुपमा सम्बन्धविच्छेदको निवेदन दिएको इन्स्टाग्राममार्फत खुलासा गरेका छन्।
‘साथमा बिताएको १९ वर्ष र हाम्री छोरीप्रति हामी कृतज्ञ छौँ। हामी उत्कृष्ट मित्र रहनेछौँ,’ उनीहरुले अलगअलग इन्स्टाग्राम पोस्टमा भनेका छन्।
राइकोनेन भर्खरसम्म एक भेन्चर क्यापिटल कम्पनीमा काम गर्थे। उनीहरुका पाँच वर्षकी एक छोरी छन्।
गत महिना भएको निर्वाचनमा पराजय बेहोरेसँगै मरिन प्रधानमन्त्रीबाट हट्ने निश्चित भइसकेको छ।
२०१९ मा प्रधानमन्त्री नियुक्त हुँदा उनी विश्वकै कान्छी प्रधानमन्त्री बनेकी थिइन्। त्यतिबेला उनको उमेर ३७ वर्ष थियो। एजेन्सी
48
Shares
प्रतिक्रिया