ad ad

ग्लोबल


पाकिस्तानको सर्वाेच्च अदालतले दियो पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश

पाकिस्तानको सर्वाेच्च अदालतले दियो पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश

फाइल फाेटाे : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १९:२६, काठमाडौँ

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ। 

सर्वाेच्च अदालतले गिरफ्तारी गैरकानुनी भएको फैसला गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो। 

बीबीसी हिन्दीका अनुसार सर्वोच्च अदालतले इमरान खानलाई इस्लामावाद हाई कोर्टमा जान भनेको छ र उसले जे निर्णय गर्छ त्याे स्वीकार गर्नुपर्नेछ।

भ्रष्टाचारको मुद्दामा इमरान खानलाई गत मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो।

उनका वकिलहरूले सर्वोच्च अदालतमा इमरान खानको गिरफ्तारी अवैध भएको तर्क गरेका थिए।

इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र हिंसात्मक झडपको शृंखला सुरु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .