भारतको कर्नाटकमा सम्पन्न विधानसभाको अन्तिम परिणामअनुसार विधानसभामा कांग्रेस आईले पूर्ण बहुमत प्राप्त गरेको छ।
भाजपा ६५ सिटमा सीमित भएको छ।
विधानसभामा भएका २२४ मध्ये १३६ सिटमा जित निकाल्दै कांग्रेस पुन: सरकारमा फर्किने माहोल बनेको हो। अब प्रदेशमा कांग्रेसले बहुमतको सरकार बनाउनेछ।
जितपछि कांग्रेसका नेता राहुल गान्धीले नफरतको बजार बन्द भएर प्रेमको दोकान खुलेको टिप्पणी गरेका छन्। उनले भने, 'कर्नाटकमा नफरतको बजार बन्द भयो, अब प्रेमको दोकान खुल्छ।'
उनले कर्नाटकका जनताले शक्तिले क्रोनि क्यापिटलिस्टलाई हराएको बताएका छन्।
भाजपाको हारपछि त्यहाँका मुख्यमन्त्री बसवराज बोम्मईले राजीनामा दिएका छन्।
90
Shares
प्रतिक्रिया