ad ad

ग्लोबल


असम प्रहरीलाई डीजीपीको आदेश : भुँडी घटाऊ नत्र जागिर छाड

असम प्रहरीलाई डीजीपीको आदेश : भुँडी घटाऊ नत्र जागिर छाड

नेपालखबर
जेठ ३, २०८० बुधबार १५:२०,

भारतको असम राज्यका प्रहरी अधिकारीहरुलाई केही महिनाभित्र तौल घटाउन वा जागिर छाड्न चेतावनी दिइएको छ। अगस्ट महिनादेखि प्रहरी अधिकारीहरुको बडी मास इन्डेक्स (बीएमआई) जाँचिने जानकारी दिइएको छ।

त्यसपछि मोटो ठहरिएकाहरुलाई नोभेम्बरसम्म तौल घटाउन समय दिइने बताइएको छ। तौल नघटाउनेहरुले स्वेच्छिक अवकाश लिनुपर्ने बताइएको छ।

तर, रोगका कारण मोटोपन भएकाहरुलाई भने छुट दिइने असम प्रहरीका डीजी जीपी सिंहले बताए।

केही साताअघि असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले राज्यका करिब ३०० प्रहरी जँड्याहा र शारीरिक रुपले तन्दुरुस्त नभएकाले उनीहरुलाई जागिर छाड्न लगाइने बताएका थिए।

प्रहरीलाई गोडमेल गर्न यो कदम चाल्न लागिएको उनको भनाइ थियो।

२०१८ मा कर्नाटक राज्यले पनि यसैगरी तौल घटाउन वा जागिर छाड्न प्रहरीलाई चेतावनी दिएको थियो। जीवनशैलीसँग सम्बन्धित रोगका कारण प्रहरीहरुको ज्यान जान थालेपछि सो आदेश दिइएको थियो।

तर, बीएमआईका आधारमा मात्र स्वास्थ्य अवस्था मापन गरिनु अनुचित हुने विज्ञहरुको राय छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .