ad ad

ग्लोबल


महिला देख्दा बस नरोक्ने चालकलाई दिल्ली सरकारले गर्‍यो कारबाही (भिडिओ)

महिला देख्दा बस नरोक्ने चालकलाई दिल्ली सरकारले गर्‍यो कारबाही (भिडिओ)

नेपालखबर
जेठ ४, २०८० बिहिबार १४:३, काठमाडौँ

भारतको दिल्ली सरकारले त्यहाँ महिला देखेपछि सार्वजनिक बस नरोक्ने चालकलाई कारबाही गरेको छ। 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार दिल्लीमा महिला नागरिकलाई सार्वजनिक बसमा निःशुल्क यात्राको सुविधा दिइएको छ। यही कारण महिलालाई देखेपछि चालकले बस रोकेनन्। 

त्यसको भिडिओसहित आफूकहाँ गुनासो आएपछि मुख्यमन्त्री केजरीवालले नरोकिएको बसको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै लेखे, ‘महिलालाई सवारी निःशुल्क हुने भएकाले कतिपय चालकले महिलालाई देखेपछि बस नरोक्ने गरेको गुनासो आएको छ। यो पटक्कै सह्य छैन। यस बस चालकविरुद्ध कडा कारबाही गर्दै छौँ।’

यसपछि उनको क्याबिनेट मन्त्री कैलाश गहलोतले मुख्यमन्त्रीको पोस्ट सेयर गर्दै त्यस बसका चालक र अन्य कर्मचारीको पहिचान भइसकेको र तिनलाई कडा कारबाही गरिने जानकारी दिए।

साथै उनले अनुरोध गर्दै ट्विटरमा लेखेका छन्, ‘यात्रुहरुलाई कतै पनि यस्तो अनियमितता देखेमा तुरुन्त भिडिओ बनाएर सेयर गरिदिनुहुन अनुरोध गर्दछु। कडा कारबाही गरिनेछ।’

उनका अनुसार मुख्यमन्त्रीको निर्देशनबमोजिम त्यस बसको चालक फेरिएको छ र अर्को आदेश नभएसम्मका लागि पहिलेका चालकलाई ड्युटीबाट हटाइएको छ।

सामाजिक सञ्जालमा मन्त्री गहलोतले लेखेका छन्, ‘चालक र अन्य कर्मचारीबारे अनुसन्धान सुरु गरिएको छ।’

पुनः मुख्यमन्त्री केजरीवालले आफ्ना मन्त्री गहलोतको पोस्ट सेयर गर्दै दिल्लीका सबै चालकलाई निर्धारित बस स्ट्यान्डमा बस रोक्न अपिल गरेका छन्। 

उनले भनेका छन्, ‘कतिपय चालकले महिलालाई देखेर बस नरोक्ने गुनासा आएका छन्। यो सही होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .