ad ad

ग्लोबल


अमेरिकी कर्जा वार्तामा अझै आशावादी रहेको राष्ट्रपति बाइडेनको भनाइ

अमेरिकी कर्जा वार्तामा अझै आशावादी रहेको राष्ट्रपति बाइडेनको भनाइ

नेपालखबर
जेठ ६, २०८० शनिबार २०:५४, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले रिपब्लिकन पार्टीका ‘अतिवादी’ माग स्वीकार नगर्ने चेतावनी दिएपछि अमेरिकी कर्जा नतिर्ने विषयमा शनिबार वार्ता जारी रहेको छ।

जापानको हिरोशिमामा भएको जी–७ शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अझै पनि विश्वास छ कि हामी प्रतिवद्धता टुट्नबाट बच्न सक्षम हुनेछौं र हामी केही राम्रो काम गर्नेछौं।’

अमेरिकी ट्रेजरी मन्त्रालयले जुन १ सम्ममा अमेरिकी सरकारसँग पैसा सकिन सक्ने चेतावनी दिएपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र सम्भवतः विश्वभर नै ठूलो आर्थिक व्यवधान उत्पन्न हुन सक्छ।

अमेरिकी संसद (हाउस अफ रिप्रेजेन्टेटिभ्स)मा नियन्त्रण राख्ने रिपब्लिकनहरूले सरकारको कर्जा अधिकारको विस्तारको लागि मूल्यको रूपमा भारी बजेट कटौतीको माग गरिरहेका छन्। ह्वाइट हाउसले परम्परागत रूपमा विवादास्पद वार्षिक ऋण सीमा वृद्धिलाई राजनीतिक लाभका लागि हतियार बनाइएको तर्क गर्दै रिपब्लिकनको मागलाई कम गर्न खोजिरहेको छ।
 
शुक्रबार रिपब्लिकनहरूले ‘विराम’ को घोषणा गर्दै वार्ताबाट बाहिरिएपछि समाधानको आशामा धक्का लागेको थियो।

तर केही घण्टापछि वार्ता पुनः सुरु भएपछि ह्वाइट हाउसकी सञ्चार सचिव करिन जीन पियरेले ‘हामी वास्तवमै आशावादी छौं’ भनेका थिए।

ह्वाइट हाउसका अनुसार धनी लोकतन्त्रको भेलाका लागि विश्वको अर्को कुनामा रहेका बाइडेनलाई शनिबार बिहानै स्थितिबारे जानकारी गराइएको थियो।

बाइडेनका सञ्चार निर्देशक बेन लाबोल्टले भने, ‘रिपब्लिकनहरूले अर्थतन्त्रलाई बन्धक बनाइरहेका छन् र हामीलाई कर्जाको कानुनी दायित्वबाट बाहिरिनुपर्ने सङ्घारमा धकेलिरहेका छन्, जसले लाखौं रोजगारी गुमाउन सक्छ र दुई वर्षको स्थिर रोजगारी र ज्याला वृद्धिपछि देशलाई मन्दीमा धकेल्न सक्छ।’ (रासस/एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .