पाकिस्तानमा पछिल्लो समय हिंसात्मक स्थिति उत्पन्न भइरहेका बेला इमरान खान नेतृत्वको पार्टीले प्रतिबन्ध झेल्नुपर्ने अवस्था आएको छ।
पाकिस्तानको रक्षा मन्त्रालयले सरकार पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफमाथि प्रतिबन्ध लगाउने कुरामा छलफल गरिरहेको जनाएको छ।
पाकिस्तानका पूर्व रक्षा तथा विदेशमन्त्री ख्वाजा आसिफले सरकारले आक्रमण गरिरहे सहन नसकिने बताएका छन्।
यसै महिना इमरान खानको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन भएको थियो। सेनाका कयौँ ब्यारेकमा पनि तोडफोड भएको थियो। अहिले कयौँ समर्थक र पार्टीका नेताहरुलाई हिरासतमा हालिएको छ।
यो हिंसाबारेमा इमरान खानको पार्टीले कुनै प्रतिक्रिया दिएको छैन। तर इमरानले यसबारे स्वतन्त्र जाँच हुनुपर्ने बताएका थिए।
यो प्रकरणमा सरकारको दमनपछि इमरानको पार्टीका कयौँ नेता कार्यकर्ताले पार्टी त्याग्ने घोषणा पनि गरेका छन्।
Shares
प्रतिक्रिया