ad ad

ग्लोबल


सुडानको डार्फरमा युद्ध चर्किएको स्थानीयको दाबी, युद्धविराम मध्यस्थकर्ताद्वारा खण्डन

सुडानको डार्फरमा युद्ध चर्किएको स्थानीयको दाबी, युद्धविराम मध्यस्थकर्ताद्वारा खण्डन

फाइल तस्बिर


नेपालखबर
जेठ १२, २०८० शुक्रबार २१:१८, काठमाडौँ

सुडानको पश्चिमी क्षेत्र डार्फरमा शुक्रबार प्रतिद्वन्द्वी सुडानी सेनाबीच भएको युद्धविरामको चौथो दिनमा पनि द्वन्द्वका घटना भएको र युद्धविराम सम्झौताको उल्लङ्घन भएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।

भीषण भिडन्तले अमेरिका र साउदी अरबका पर्यवेक्षकले युद्धविरामप्रति सबैको ‘सम्मान’ बढेको तर छिटफुट आक्रमणका घटना भएको बताएका छन्।

एक हजार आठ सय जनाको ज्यान जाने गरी भएको र १० लाखभन्दा बढी मानिस विस्थापित भएको हप्तौँलामो युद्धपछि सोमबार अबेर राति युद्धविराम लागू भएको केही मिनेटमै हवाई आक्रमण र गोली चलेको जानकारी राजधानी खार्तूमका स्थानीय प्रत्यक्षदर्शीले दिएका छन्।

सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ)ले एकअर्कालाई यस हप्ता थप उल्लङ्घनको आरोप लगाए पनि सम्झौता उल्लङ्घन घटनामा दुवैथरीको संलग्नता रहेको बताइएको छ। 

संयुक्त राज्य अमेरिका र साउदी अरबले पछिल्लो सम्झौताको मध्यस्थता गरेका हुन्। उनीहरूले विशेष गरी बुधबार सम्झौता लागू भएदेखि ‘गम्भीर उल्लङ्घन’का घटना नभएको बताएका छन्। 

वासिङ्टनले आफ्नो ‘अनुगमन संयन्त्र’ले पत्ता लगाएका उल्लङ्घनका लागि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ, तर अहिलेसम्म कुनै पनि पक्षलाई लक्षित गरेको छैन।

गत अप्रिल १५ मा सुरु भएको द्वन्द्वमा सुडानी नेता जनरल अब्देल फतह अल–बुरहानले आफ्ना पूर्व सहयोगी मोहम्मद हमदान डग्लोविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन्।

बुरहान र डग्लोले सन् २०२१ मा ‘कू’ गरी सङ्क्रमणकालीन नागरिक सरकारलाई अपदस्थ गरेको थियो तर पछि उनीहरूबीच सत्ता सञ्चालनका दौरानमा तिक्ततापूर्ण सम्बन्ध बनेको छ।

शुक्रबार एक संयुक्त वक्तव्यमा मध्यस्थहरूले ‘सम्झौताका कारण सुधारिएको अवस्था’ सम्मानपूर्ण रहेको बताए।

उनीहरूले ‘दुवै पक्षहरूलाई थप उल्लङ्घनको विरुद्ध चेतावनी दिँदै उनीहरूलाई (बिहीबार)युद्धविरामप्रति थप सम्वेदनशील बन्न आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .