भारतमा बिहे गरेर सुहागरात मनाउन ओछ्यानमा गएका केटा–केटीकै मृत्यु भएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा उक्त दुःखद घटना भएको हो।
समाचारअनुसार बिहेपछि सुहागरात मनाउन गत गत मे ३१ तारिखका दिन कोठामा पसेका २४ वर्षीय प्रताप यादव र २२ वर्षीया पुष्पा यादव दुवै जना भोलिपल्ट बिहान ओछ्यानमै मृत फेला परेका हुन्।
फरेन्सिक विशेषज्ञहरूको टोलीले परीक्षण गर्दा उनीहरू दुवैको मृत्युको कारण हृदयाघात देखिएको कैसरगन्ज प्रहरी स्टेसनका इन्स्पेक्टर राजनाथ सिंहले बताएका छन्।
699
Shares
प्रतिक्रिया