ad ad

ग्लोबल


विमान दुर्घटनामा परी बेपत्ता ४ बालबालिका ४० दिनपछि जीवितै भेटिए

विमान दुर्घटनामा परी बेपत्ता ४ बालबालिका ४० दिनपछि जीवितै भेटिए

विमान दुर्घटनाको ४० दिनपछि जंगलमा जीवितै भेटिएका बालकालिकाको उद्धार गरिँदै। तस्बिर : रोयटर्स


नेपालखबर
जेठ २७, २०८० शनिबार १२:५९, बोगोटा

कोलम्बियामा भएको विमान दुर्घटनामा परी बेपत्ता चार बालबालिका ४० दिनपछि जंगलमा जीवितै फेला परेका छन्।

यो विमान दुर्घटना गत मे १ मा अमेजनको जंगलमा भएको थियो।

दुर्घटनामा यी चार भाइबैनी, उनीहरूका आमा, पाइलट र को–पाइलटसहित विमानमा सवार थिए। बालबालिकाको उमेर १३, ९, ४ र १ वर्ष छन्। 

दुर्घटनामा बालबालिकाकी आमा र अन्य व्यक्तिको मृत्यु भएको थियो। चार बालबालिका भने जीवितै फेला परेका हुन्। 

ती बालबालिकालाई जंगलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ।

बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको छ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले हप्ताको लामो खोजीपछि बालबालिका फेला पर्न पाउनु सिंगो देशका लागि खुसीको कुरा भएको बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .