ad ad

ग्लोबल


जब बेहुला आफैँ ट्याक्टर चलाएर बेहुली लिन पुगे...

जब बेहुला आफैँ ट्याक्टर चलाएर बेहुली लिन पुगे...

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार १५:१, बारमेर (राजस्थान)

भारतको राजस्थानस्थित बारमेरमा एक किसानले आफ्नो छोराको विवाह अनौठो ढंगले गराएका छन्। दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन्। 

आफ्नो बिहेमा एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका हुन्। सोमबार बिहान बेहुला प्रकाश चौधरीको घरबाट ५१ किलोमिटर टाढा रहेको रोली गाउँतर्फ दुलही लिन गएको टोली देखेर गाउँभरका मानिस अचम्म मानेर हेरिरहेका थिए। 

अझ आश्चर्यको कुरा के भने दुलाहा आफैँले ट्याक्टर चलाएका थिए। उनका पछिपछि ५० वटा ट्याक्टरको ताँती थियो। ट्याक्टरमा दुई सय जनाभन्दा बढी जन्ती थिए। 

‘मेरो विवाहमा जम्मा एउटा ट्याक्टर थियो, मैले छोराका लागि ५१ वटा ल्याएँ,’ आफ्नो परिवारको मुख्य पेसा कृषि भएकाले किसानको पहिचान ट्याक्टर चलाएर बुहारी लिन छोरालाई निर्देशन दिएको स्पष्ट गर्दे दुलहा प्रकाशका बुवा भन्छन्। 

बाबुको निर्देशनअनुसार आफूले ट्याक्टर चलाएको र किसानको छोरालाई दुलही लिन जाँदा अन्य सवारीसाधन चढ्नुपर्छ भन्ने नलागेको उनले बताए। शेरवानीमा सजिएका उनले रवाफिलो विवाह नरुचाएको एनएनआईलाई सुनाए। 

कन्या पक्षका मानिस दुलहा स्वयमले् ट्याक्टर लिएर आएको खबर दुलही ममताको गाउँमा फैलिएपछि आश्चर्यचकित धेरै गाउँले प्रकाश र ट्याक्टरमा आएका उनका जन्तीलाई हेर्न धुइरिएका थिए।

प्रकाशका पितासँग ३० वटा ट्याक्टर भएकाले जन्ती जान अरू सवारीसाधनको जोहो नगर्ने बरु छिमेकी किसानका ट्याक्टर पनि माग्ने निर्णय गरेर थप २१ वटा ट्याक्टरमा जन्ती व्यवस्थापन गरिएको उनले बताएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .