ad ad

ग्लोबल


पाकिस्तानका चार जिल्लामा भारी वर्षाका कारण ७ जनाको मृत्यु, ७२ जना घाइते

पाकिस्तानका चार जिल्लामा भारी वर्षाका कारण ७ जनाको मृत्यु, ७२ जना घाइते

नेपालखबर
असार ४, २०८० सोमबार २१:२६, काठमाडौँ

आइतबार साँझ प्रान्तीय राजधानीको छेउमा बन्नु डिभिजनका तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ७२ जना घाइते भएका छन्।

बन्नु डिभिजनमा ५ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् भने प्रान्तीय राजधानीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

बन्नुका कमिश्नर परवेज सबतखेलले डनलाई बताए अनासर बन्नु, लक्की मारवत र उत्तरी वजिरिस्तान जिल्लाहरूमा तीव्र हावासँगै भारी वर्षा भएको छ।

उनका अनुसार बन्नु जिल्लामा तीन जनाको मृत्यु र ५१ जना घाइते भएका छन् भने लक्की मारवत जिल्लामा एक जनाको मृत्यु र १६ जना घाइते भएका छन्।

त्यसैगरी उत्तरी वजिरिस्तान जिल्लामा एक जनाको मृत्यु भएको छ।

क्षतिको आंकलनका लागि प्रभावित क्षेत्रमा टोली पठाइएको र जिल्ला प्रशासनलाई सर्तक अवस्थामा राखिएको बताइएको छ। उनले विपद्पीडित जनतालाई तत्काल सहयोग पु¥याउनका लागि उपलब्ध सबै साधन स्रोत परिचालन गरिएको दाबी गरेका छन्।

शक्तिशाली हुरी र मुसलधारे वर्षाले दक्षिणी क्षेत्रहरूमा व्यापक क्षति पुर्याएको छ। बाढीले सडकमा क्षति पुर्याएको छ। 

उद्धारकर्मीहरूले बन्नुको कक्की, खुजारी र हवेद क्षेत्रबाट उद्धार गरी १५ जना पीडितलाई अस्पताल पुर्यााएको उल्लेख गरेका छन्।

पेशावरमा वर्षाका कारण भएका विभिन्न दुर्घटनामा दुई जनाको मृत्यु भएको  छ भने पाँच जना घाइते भएको उद्धारकर्मीले जानकारी दिएका छन्।

बडाभेरमा पर्खाल भत्किएको र निस्ताराबादमा मस्जिदको गोठ भत्किएको रेस्क्यु ११२२ का प्रवक्ता बिलाल अहमद फैजीले बताएका छन्।

त्यसैगरी हावाहुरीले गभर्नर हाउस बाहिरका रुखहरु ढलेका छन्।

जुन १० मा बन्नु र लक्की मारवाट लगायत दक्षिणी क्षेत्रहरूमा आएको शक्तिशाली आँधी, भारी वर्षा र असिनाको पहिलो चरणमा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने १४५ जना घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .