भारतभर भारी वर्षा भइरहँदा दिल्लीमा बाढीको खतरा बढेको छ। यमुना नदीको पानीको बहाव लगातार बढ्दै गएको छ।
दिल्ली सरकारका मन्त्री आतिशीले आफ्नो सरकारले यो विपद् सामनाका लागि तयारी गरिरहेको बताएकी छन्।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले भनिन्, ‘यमुनामा बाढी तीव्र गतिमा आइरहेको छ। भोलि बिहान १० देखि ११ बजेसम्म यमुनाको पानी खतराको तहमा पुग्छ भन्ने हामीलाई लाग्छ।’
विगत दुई दिनदेखि परेको वर्षाका कारण दिल्लीलगायत देशका धेरै सहरका सडकमा पानी जमेको छ । हिमाचल प्रदेशमा ठूलो विनाश भएको छ।
45
Shares
प्रतिक्रिया