ad ad

ग्लोबल


जो बाइडेन भन्छन् : चीन विस्फोट हुन लागेको टाइम बम हो

जो बाइडेन भन्छन् : चीन विस्फोट हुन लागेको टाइम बम हो

नेपालखबर
साउन २६, २०८० शुक्रबार १५:२०,

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन ‘विस्फोट हुन लागेको टाइम बम’ भएको बताएका छन्। चीनको आर्थिक चुनौती थपिएको र कमजोर वृद्धिका कारण संकटमा रहेको उनको भनाइ छ।

उनले चीनलाई ‘खराब’ को संज्ञा पनि दिएका छन्।

‘उनीहरु समस्यामा छन्। यो राम्रो होइन। किनभने खराब मान्छेहरुलाई जब समस्या पर्छ, तब उनीहरु खराब काम गर्छन्,’ युटामा एक चन्दा उठाउने कार्यक्रममा बाइडेनले भने।

यसअघि जुनमा यस्तै एक कार्यक्रममा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘तानाशाह’ भनेका थिए। जसको चीनले विरोध गरेको थियो।

अमेरिका–चीन सम्बन्धलाई स्थिरतातर्फ डो¥याउने कोसिस भइरहँदा बाइडेनले यस्तो टिप्पणी गरेका हुन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणपछि दुवै मुलुक सम्बन्ध सामान्यीकरण गर्न आपसी संवादका माध्यमहरु स्थापना गर्न तयार भएका छन्।

पछिल्लो समय चीनको आर्थिक सूचकहरुले नकारात्मक संकेत देखाइरहेका छन्। मुलुकको निर्यात र आयात दुवै घटेको छ।

यही साता चिनियाँ अर्थतन्त्रले ‘डिफ्लेसन’ अर्थात् वस्तुको मूल्यमा गिरावटको सामना गरिरहेको तथ्यांक सार्वजनिक भएको छ।

अर्कोतिर अमेरिका भने उच्च मुद्रास्फीतिसँग जुधिरहेको छ भने उसको श्रम बजारको सूचक पनि राम्रो छ।

बाइडेनले बुधबार मात्र कम्प्युटर चिप्सलगायतका प्रविधिमा चीनमा अमेरिकाको लगानीमाथि प्रतिबन्ध लगाउँदै नयाँ आदेश जारी गरेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .