ad ad

ग्लोबल


सीआईएको एजेन्ट पक्राउ गरिएको चीनको दाबी

सीआईएको एजेन्ट पक्राउ गरिएको चीनको दाबी

नेपालखबर
साउन २६, २०८० शुक्रबार १५:३५,

चीनले अमेरिकाको लागि गुप्तचरी गरेको एक व्यक्तिलाई पक्राउ गरिएको बताएको छ। उनी चिनियाँ नागरिक हुन्।

यो घटनाले अमेरिका र चीनले एकअर्काविरुद्ध गर्ने जासुसी हर्कतलाई सामुन्ने ल्याइदिएको छ।

चीनको राज्य सुरक्षा मन्त्रालयका अनुसार ५० वर्ष सेरोफेरोको चेङ नामक व्यक्ति सीआईका लागि गोप्य सैन्य जानकारी उपलब्ध गराउन सहमत भएका थिए। उनलाई नगदका साथै उनको परिवारलाई अमेरिका सर्न सघाउने आश्वासन दिइएको थियो।

चेङको गोप्य सूचनासम्म पहुँच रहेको बताइएको छ। यसअघि उनलाई अध्ययनका लागि इटली पठाइएको र त्यहीँ उनी सीआईएको गुप्तचर बन्न सहमत भएको बताइएको छ।

चीन फर्केपछि पनि उनले सीआईएका एजेन्टसँग भेट्ने गरेको बताइएको छ। 

उनलाई मुद्दा चलाउने तयारी भएको छ।

एक साताअघि अमेरिकाले गोप्य सूचना चीनलाई उपलब्ध गराएको भन्दै क्यालिफोर्नियामा दुई नौसैनिकलाई पक्र गरेको थियो।

करिब एक दशकअघि चीनमा अमेरिकी गुप्तचरहरुको सञ्जाल नै पक्राउ परेको थियो। जसमध्ये केहीलाई मृत्युदण्ड समेत दिइएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .