ad ad

समाज


सांसद सुनिल शर्मालाई सरकारी वकिलकहाँ पुर्‍याइयो

अब अदालतबाट म्याद थप गरिने
सांसद सुनिल शर्मालाई सरकारी वकिलकहाँ पुर्‍याइयो

सरकारी वकिलको कार्यालयमा सुनिल शर्मा। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २६, २०८० शुक्रबार १५:४२, काठमाडौँ

शैक्षिक प्रमाण पत्र किर्ते आरोपमा पक्राउ परेका नेपाली काङ्ग्रेसका सांसद सुनिल शर्मालाई म्याद थप गर्न सरकारी वकिलकहाँ पेस गरिएको छ।

शर्मासहित उक्त प्रकरणमा पक्राउ परेका अन्य डाक्टरहरुलाई पनि जिल्ला सरकारी वकिलकहाँ पेस गरिएको छ।

अब सरकारी वकिलले उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गर्दैछन्।

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनालाई पक्राउ गरिसकेको छ। 

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पछिल्लोपटक राजधानीस्थित सुमेरु सिटी हस्पिटलमा कार्यरत ‘डा.’ पुनम थापा चौधरीलाई पक्राउ गरिएको छ।

योसँगै नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ पर्ने ‘डाक्टर’को संख्या मात्रै ७ पुगेको छ। 

यसअघि सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोपमा मनित चौधरी, श्रद्धा शिल्पकार, रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी पक्राउ परिसकेका छन्। 

नेपाली कांग्रेसका सांसद सुनिल शर्मासमेत गर्दा उक्त प्रकरणमा समातिनेको कूल संख्या हालसम्म ८ पुगेको छ। 

     

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .