ad ad

ग्लोबल


टरेन पूर्वराष्ट्रपति ट्रम्पको संकट, चौथो पटक फौजदारी अभियोग

टरेन पूर्वराष्ट्रपति ट्रम्पको संकट, चौथो पटक फौजदारी अभियोग

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार १७:५९, काठमाडौँ

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोप लागेको छ।

पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध सोमबार नयाँ आरोप लगाइएको हो।

ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान धाँदली गरेको आरोप लागेको एक स्थानीय सञ्चारमाध्यमले जिकिर गरेको छ।

यस वर्ष पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध दायर भएको यो चौथो फौजदारी अभियोग हो।

यसअघि पनि ट्रम्प र अन्य १८ जनाविरुद्ध दक्षिणपूर्वी अमेरिकामा आपराधिक आरोप लागेको थियो।

ट्रम्पबिरुद्ध राज्यको र्‍याकेटियरिङ ऐन उल्लंघन गर्ने, सरकारी अधिकारीलाई आफ्नो शपथमा उल्लंघन गर्न आग्रह गरेको, सरकारी अधिकारीको नक्कल गरेको, राज्यबिरुद्ध षड्यन्त्र गरेको लगायतका १३ वटा मुद्दा लगाइएको थियो।

अहिलेको अभियोग भने फुल्टनका जिल्ला न्यायाधिवक्ता फानी विलिसद्वारा साढे २ वर्षको अनुसन्धानपछि लगाइएको हो।

फुल्टन काउन्टी ग्राण्ड जुरीद्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उहाँ र अन्य १८ जनामाथि ठगीको मामिलामा अभियुक्त बनाइएको छ। उनीहरूमाथि अभियोग चलाइनेछ।

ट्रम्पले सबै आरोप खारेज गर्दै आएका छन्। फेब्रुअरी २०२१ मा, फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानी विलिसले ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गरेका थिए। 

अभियुक्तको सूचीमा ट्रम्पका पूर्व वकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ मार्क मेडोज, ह्वाइट हाउसका पूर्व सल्लाहकार जोन ईस्टम्यान र न्याय विभागका पूर्व अधिकारी जेफ्री क्लार्कको नाम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .