ad ad

ग्लोबल


पाकिस्तानकी यी पूर्वमन्त्री भन्छिन्- रातको समय मेरी छोरीलाई तानेर लगे

पाकिस्तानकी यी पूर्वमन्त्री भन्छिन्- रातको समय मेरी छोरीलाई तानेर लगे

पूर्वमन्त्री शिरिन मजारी


नेपालखबर
भदौ ३, २०८० आइतबार १०:२३, काठमाडौँ

पाकिस्तान तहरिक–ए–इन्साफ पार्टीकी पूर्वनेता एवं पूर्वमन्त्री शिरिन मजारीले आफ्नी छोरीलाई राती सादा पोसाकका प्रहरीले अपहरण गरेको आरोप लगाएकी छन्।

उनले ट्विट गर्दै भनेकी छन्, ‘महिला प्रहरी र सादा लुगा लगाएका केही पुरुषले हाम्रो घरको ढोका तोडेर मेरी छोरीलाई लगेका छन्। उनीहरूले हाम्रो सुरक्षा क्यामेरा, ल्यापटप र उनको फोन लगेका छन्। केका लागि आएका हो भनी सोध्दा उनीहरूले इमानलाई तानेर बाहिर लगे।’

मजारीले अगाडि लेखेकी छन्, ‘उनीहरूले पूरै घरको खानतलासी गरे। मेरी छोरी राति लगाउने लुगामा थिइन्, उनले कपडा फेर्छु भन्दा पनि नदिई तानेर लगे। उनीहरूसँग न वारेन्ट थियो, न कुनै कानुनी प्रक्रिया पालना गरे। यो सरकारको तानाशाही हो। स्मरण रहोस्, घरमा हामी दुई महिला मात्र बस्छौँ। यो एक प्रकारको अपहरण नै हो।’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि मे ९ मा त्यहाँ हिंसा भड्किएको थियो। 

यो हिंसापछि शिरिन मजारीले पार्टी र राजनीति दुवै छाडिन्। हिंसापछि उनी पटकपटक पक्राउ परेकी छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .