ad ad

ग्लोबल


जेलबाट छुटेकै रात फेरि बलात्कार, पहिले भान्जी, अहिले ३ वर्षीया बालिका

जेलबाट छुटेकै रात फेरि बलात्कार, पहिले भान्जी, अहिले ३ वर्षीया बालिका

पीडित परिवार


नेपालखबर
भदौ ४, २०८० सोमबार १०:४७, काठमाडौँ

‘छोरीसँगै आँगनमा सुतेकी थिएँ। थाहा छैन, उनी कतिबेला मबाट अलग भइन्। राति ३ बजे आँखा खोल्दा उनी थिइनन्। घर, गाउँ, जताततै खोजेँ तर छोरी भेटिएन। दुई दिनपछि प्रहरी आयो, त्यसपछि उनको शव खाली प्लटमा फेला परेको थाहा भयो। एक केटाले उनीसँग फोहोरी काम गरेको प्रहरीले बतायो।’ 

माथिको भनाइ अपहरण गरी बलात्कार गरिएकी ३ वर्षीया बालिकाकी आमाको हो। सोही रात जेलबाट छुटेको २० वर्षीय केटाले उनलाई बलात्कार गरेको आरोप छ। 

घटना भारतस्थित गोरखपुरको परमेश्वरपुर गाउँको हो, मिति अगस्ट ६। आरोपित आफ्नै भान्जी बलात्कार अभियोगमा जेल परेका थिए। तर अदालतले उनलाई ४ सर्तमा धरौटी लिई रिहा गरेको थियो। सर्तमा फेरि कुनै अपराध नगर्ने पनि थियो।
बालिकाकी आमा हुन्छिन् बेहोस

दैनिक भास्करमा प्रकाशित रिपोर्टअनुसार बालिकाको मृत्युपछि उनकी आमा बेलाबेला बेहोस हुने गरेकी छन्। उठ्न खोज्छिन् तर फेरि बेहोस भएर ढल्छिन्। आफन्तले उनको हेरचाह गरिरहेका छन्। 

अवस्था सामान्य भएका बेला उनलाई सोधियो– त्यो रात के के भयो? 

उनले भनिन्, ‘रात परेको थियो। म छोरीसँगै भित्र सुतिरहेको थिएँ। वर्षा रोकिएपछि राति १२ बजेतिर हामी खाट बोकेर बाहिर निस्कियौँ। छोरी पनि सँगै थिइन्।’

‘राति ३ बजे ब्युँझिँदा उनी त्यहाँ थिइनन्। वरिपरि हेरेँ, भेटिएन, त्यसपछि मेरो भाइलाई उठाउँ। घरभरि खोजँे, वरपरका मानिसहरूलाई सोधेँ, तर पत्ता लागेन। उनलाई खोज्दाखोज्दै बिहान भइसकेको थियो। प्रहरीमा गएँ, तर छोरी फेला परेन।’

दैनिक भास्करका अनुसार बालिकाका हजुरबुवाले घरबाट २०० मिटर टाढाको खेतमा लगे। त्यही खेतमा उनको हत्या भएको थियो। उनी भन्छन्, ‘प्रहरीले हामीलाई बताएअनुसार आरोपितले बालिकालाई लिएर जाँदै गर्दा नानीको निद्रा खुल्यो। अनि उनी रुन थालिन्। यसपछि अभियुक्त आत्तियो। उसले बालिकालाई धेरैपटक पिट्यो। त्यति गर्दा पनि चुप नलागेपछि उसले बालिकालाई खुट्टाले कुल्चियो।’ 

अभियुक्तको नाम मिथिलेश हो। उनको गाउँ पीडित बालिकाको घरदेखि करिब २ किलोमिटर टाढा छ। दैनिक भास्करको टोली अभियुक्त मिथिलेशको घर पुग्दा धोती–कुर्ता लगाएर, चस्मा लगाएका उनका बुवा भेटियो। उनी घरको ढोकामा बुहारीसँगै बसेका थिए। मिथिलेशलाई बलात्कारको आरोप लागेकी भान्जीकी आमा पनि त्यहाँ थिइन्।

कुराकानीका क्रममा मिथिलेशका बुवाले आफ्ना छोराको बचाऊ गरिरहे। 

तीन वर्ष जेल बसे, उच्च अदालतद्वारा धरौटीमा रिहा 
भान्जीलाई बलात्कार गरेको आरोप लागेका मिथिलेशविरुद्धको मुद्दा लडिरहेका वकिल सत्यव्रत पाण्डेका अनुसार घटना डिसेम्बर ९, २०२० को रातको हो। एफआईआर १० डिसेम्बरमा दर्ता भएको थियो। त्यतिबेला मिथिलेश १७ वर्षका थिए। त्यसैले उनलाई बालगृहमा राखिएको थियो। बालिग भएदेखि उनलाई जेलमा राखिएको थियो।

उनी भन्छन्, ‘उनको धेरौटीको निवेदन जिल्ला न्यायाधीशले खारेज गरिदिए। त्यसपछि हामी इलाहाबाद उच्च अदालत गयौँ। जसले १३ जुलाई २०२३ मा जमानतका लागि स्वीकृति दियो। अनि उनी अगस्ट ५ गते जेलबाट बाहिर आएका थिए।’

अहिले उनी पुनः पक्राउ परेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .