ad ad

ग्लोबल


महिना दिनमै सीआईएका दोस्रो जासुस पक्राउ गरिएको चीनको दाबी

महिना दिनमै सीआईएका दोस्रो जासुस पक्राउ गरिएको चीनको दाबी

नेपालखबर
भदौ ४, २०८० सोमबार १७:१९,

चीनको राज्य सुरक्षा मन्त्रालयले सीआईएको गुप्तचरका रुपमा काम गरिरहेका एक व्यक्तिलाई गिरफ्तार गरिएको बताएको छ। यो चीनको प्रमुख गुप्तचरनिरोधी एजेन्सी हो।

हाओ थरका ३९ वर्षीय ती व्यक्ति चीनकै एक मन्त्रालयको कर्मचारी भएको बताइएको छ। जापानमा पढ्न जाँदा उनी अमेरिकी जासुस बनेको चिनियाँ मन्त्रालयले जनाएको छ।

तर, हाओ पुरुष हुन् कि महिला र उनी कुन मन्त्रालयमा काम गर्थे भन्ने खुलाइएको छैन।

जापानमा विद्यार्थी हुँदा हाओले अमेरिकाको भिसाका लागि आवेदन दिएको र त्यतिबेला जापानस्थित अमेरिकी दूतावासको एक कर्मचारीलाई भेटेको जनाइएको छ।

ती कर्मचारीले हाओसँग निकट सम्बन्ध कायम गरेको र पैसा दिएर अनुसन्धानात्मक लेखहरु लेख्न सहयोग मागेको बताइएको छ। अन्तिममा उनले अर्का व्यक्तिसँग भेट गराएको र ती व्यक्तिले आफू सीआईएको गुप्तचर भएको बताउँदै चीनमा आफ्ना लागि काम गर्न हाओलाई आग्रह गरेको मन्त्रालयको भनाइ छ।

तयसमा सहमत भएर हाओले अमेरिकासँग गुप्तचर सम्झौतामा हस्ताक्षर गरेको र परीक्षा दिएको तथा तालिम लिएको पनि विज्ञप्तिमा उल्लेख छ।

चीन फर्केपछि उनले सीआईएका गुप्तचरहरुलाई भेटेको र सूचना दिएर अनेक पटक पैसा लिएको बताइएको छ।

पहिले चीनले विरलै अन्य मुलुकको जाससी संयन्त्रको नाम लिने गरेको थियो। तर, यसै महिना सीआईएको गुप्तचर पक्राउ गरिएको घोषणा चीनले गरेको यो दोस्रो पटक हो।

अगस्ट १० मा सो मन्त्रालयले अर्का एक व्यक्तिलाई सीआईएको जासुस भएको आरोपमा समातेको थियो। ५२ वर्षीय ती व्यक्ति सरकारी हतियार कम्पनीमा कार्यरत थिए।

इटलीमा पढ्न जाँदा उनी अमेरिकी जासुसमा भर्ती भएको बताइएको छ।

चीन र अमेरिका दुवैले अहिले एकअर्काविरुद्धको गुप्तचर निरोधी प्रयासहरुलाई तीव्रता दिएका बेला यस्तो घटना भएको हो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .