ad ad

ग्लोबल


ब्रिक्समा आबद्ध हुन २३ मुलुक इच्छुक, जी ७ को प्रतिद्वन्द्वी बनाउने चीनको प्रयास

ब्रिक्समा आबद्ध हुन २३ मुलुक इच्छुक, जी ७ को प्रतिद्वन्द्वी बनाउने चीनको प्रयास

नेपालखबर
भदौ ५, २०८० मंगलबार १५:९,

उदाउँदा बजारहरुको समूह ब्रिक्सको शिखर सम्मेलन मंगलबार दक्षिण अफ्रिकाको जोहानसबर्गमा सुरु हुँदैछ। सो मुलुकका राष्ट्रपति सिरिल राम्फोसाले सम्मेलनमा ६० भन्दा बढी राष्ट्र तथा सरकार प्रमुखलाई निम्त्याएका छन्।।

सम्मेलनमार्फत चीनले भने ब्रिक्स समूहलाई जी ७ को प्रतिद्वन्द्वीका रुपमा उभ्याउन कोसिस गर्ने देखिएको छ। सोही कारणले गठन भएको एक दशकभन्दा लामो समयपछि यो समूह विस्तार गरिने भएको छ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित यो समूहमा अरु थुप्रै मुलुकलाई सदस्यता लिन निम्त्याउने तयारी छ।

ब्रिक्सलाई बिस्तार गर्ने चीनको प्रयासको भारतले विरोध गरेको छ। चीनले पश्चिमलाई खुला चुनौती दिने राजनीतिक शक्तिका रुपमा यसलाई अघि बढाउन खोज्दा भारत भने विकासशील मुलुकहरुको आर्थिक हितमा मात्र केन्द्रित असंलग्न समूह बनाउनुपर्ने राय राखेको विभिन्न मुलुकका अधिकारीहरुले बताएका छन्।

दक्षिण अफ्रिकी अधिकारीहरुले ब्रिक्समा सहभागी हुन २३ मुलुक इच्छुक रहेको जनाएका छन्।

‘जी ७ को जीडीपी बराबरी हुनेगरी हामीले ब्रिक्स विस्तार ग¥यौँ भने हाम्रो सामूहिक आवाज बलियो हुनेछ,’ एक चिनियाँ अधिकारीले भने।

दक्षिण अफ्रिकाकी विदेशमन्त्री नलेदी प्यान्डोरले ब्रिक्सको सम्भावित विस्तारलाई पश्चिमविरोधी कदमका रुपमा हेरिनु सरासर गलत भएको बताएकी छन्। तर, इरान, बेलारुस र भेनेजुएला ब्रिक्समा सामेल हुने सम्भावना छ। त्यसो भएमा पश्चिमाहरुले यसलाई चीन र रुसको गठबन्धनका रुपमा हेर्नेछन्।

२०१० मा ब्राजिल, रुस, भारत र चीनले यो समूह गठन गरेका थिए। त्यसपति दक्षिण अफ्रिकालाई निम्त्याइएको थियो। अहिले अर्जेन्टिना, साउदी अरब र इन्डोसिया सदस्यता लिन प्रयास गरिरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्मेलनमा सहभागी हुने छैनन्। जसका कारण दक्षिण अप्रिका उनलाई पक्रिनुपर्ने कानुनी बाध्यताबाट मुक्त हुनेछ। अन्तर्राष्ट्रिय अपराध अदालतले उनलाई अभियोग लगाएको छ।

पुटिन भिडिओ कन्फ्रेन्समार्फत सम्मेलनमा सहभागी हुन सक्छन्। सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति जोहानसबर्ग पुगिसकेका छन्।

नयाँ मुलुक आबद्ध गर्दा निश्चित मापदण्ड तोकिनुपर्ने र ब्रिक्सका नेताहरुबीच त्यसमा सहमति हुनुपर्ने अधिकारीहरुले बताएका छन्। 

हाल अमेरिकी डलरप्रति अविश्वास बढ्दै गए पनि ब्रिक्स मुलुकमाझ साझा मुद्राको एजेन्डा यसपालिको सम्मेलनमा छैन।

बरु, ब्रिक्सका सदस्यहरुले आपसी कारोबार एकअर्काको मुद्रामा गर्नमा जोड दिइने बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .