रुसमा केही समयअघि सरकारविरुद्ध असफल सैन्य विद्रोह गरेका यवगेनी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको छ।
यो दुर्घटनाको भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ।
उक्त भिडिओ रुसको कुजेनकिनोमा भएको दुर्घटनाको अन्तिम क्षणको भएको बताइएको छ।
बुधबार रुसको उड्डयन एजेन्सीले वाग्नरका सेना प्रमुख प्रिगोजिनसहित विमानमा सवार १० जनाको मृत्यु भएको पुष्टि गरेको छ।
हेर्नुहोस् बीबीसी हिन्दीले सार्वजनिक गरेको यो भिडिओ–
प्रिगोजिनसँगै उनका नजिकका सहयोगी दिमित्री उत्किन, सर्गेई प्रोपुस्टिन, यवगेनी मकार्यान, अलेक्जेन्डर टोटमिन, भ्यालेरी चेकालोफ र निकोलाई मातुसेयेभको पनि दुर्घटनामा मृत्यु भएको छ।
चालक दलका सदस्यहरू क्याप्टेन एलेक्सी लेभ्सिन, को-पाइलट रुस्तम करिमोभ र उडान परिचर क्रिस्टिना रास्पोपोभा थिए।
यस वर्ष जुनमा, प्रिगोजिनको नेतृत्वमा वाग्नरको सेनाले रुसमा विद्रोह गर्ने असफल प्रयास गरेको थियो।
Shares
प्रतिक्रिया