ad ad

ग्लोबल


सिंगापुरमा समातिए लागुऔषध अभियोगमा १३० जना, हुनसक्छ मृत्युदण्डको सजाय

सिंगापुरमा समातिए लागुऔषध अभियोगमा १३० जना, हुनसक्छ मृत्युदण्डको सजाय

फाइल फाेटाे : सिङ्गापुर


नेपालखबर
भदौ ९, २०८० शनिबार २०:१६, सिङ्गापुर

सिङ्गापुरका अधिकारीहरूले  लागुऔषध बोकेको अभियोगमा एक सय ३० जनालाई पक्राउ गरेका छन्।  केन्द्रीय लागुऔषध नियन्त्रण विभाग (सीएनबी) ले आज एक विज्ञप्ति निकालेर यही अगस्ट १४ देखि २५ सम्म गरिएको देशव्यापी खोजतलासको कारबाहीमा एक सय ३० जनालाई पक्राउ गरेको जानकारी दिएको हो। 

सीएनबीले दुई साता लामो कारबाहीका क्रममा करिब एक हजार तीन सय १८ ग्राम हेरोइन, दुई हजार पाँच सय ३५ ग्राम गाँजा, चार सय ८६ ग्राम ‘आइस’ र एक सय ८८ ग्राम केटामाइनलगायत लागुऔषध बरामद गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रतिबन्धित लागुऔषध राखेको अभियोगमा पक्राउ परेकामध्ये एक जना १५ वर्षकी किशोरी र १७ वर्षका किशोरसमेत छन्। सीएनबीले  पक्राउ परेका सबै संदिग्धबारे अनुसन्धान जारी रहेको जनाएको छ। 

सिङ्गापुर लागुऔषध तस्करी गर्नेलाई मृत्युदण्डको कठोर सजाय दिने मुलुकमध्येको एक हो। उसले मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गरिरहेको छ। हालै पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका एक पुरुष र तीस ग्राम हेरोइन बोकेको आरोपमा दोषी ठहर गर्दै एक महिलालाई मृत्युदण्ड दिएको थियो। सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिएको हो। बीस वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो। 

सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टी इन्टरनेसनललगायत मानवअधिकारवादी सङ्घसंस्थाले गरिरहेका छन्।  विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागुऔषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको उनीहरूले बताएका छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .