ad ad

ग्लोबल


अमेरिकालाई सिरिया र इराकको चेतावनी : हाम्रो सिमानामा सैन्य बल नउतार्नू

अमेरिकालाई सिरिया र इराकको चेतावनी : हाम्रो सिमानामा सैन्य बल नउतार्नू

सिन्ह्वा
भदौ १४, २०८० बिहिबार १२:३०, काठमाडौँ

इराक र सिरियाले आफूहरुको सिमानामा सैन्य बल र ब्यारेक खडा नगर्न अमेरिकालाई चेतावनी दिएका छन्। 

सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले अमेरिकालाई यस्तो चेतावनी दिएका हुन्।

बुधबार बसेको संयुक्त बैठकले आफूहरुको सीमाक्षेत्रमा सैन्य ब्यारेक निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन्।

सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरियाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र विद्रोही समूह जम्मा गरेकोमा चिन्ता जनाए।

त्यस्तै इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नोक्शान नपुर्‍याउन आग्रह गरे।

उनले अमेरिकी सेनालाई त्यस क्षेत्रबाट फर्किन चेतावनी दिए। अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानूनअनुरुपको नभएको बताए।

सिरियाली विपक्षी कार्यकर्ताहरुले हालैमात्र दिएको रिपोर्टमा संयुक्त राज्य अमेरिका सिरिया–इराक सीमा क्षेत्रमा इरानी प्रभाव रोक्न नयाँ योजना बनाएर अघि बढेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .