ad ad

ग्लोबल


मनिलाको एक घरमा आगलागी हुँदा १५ जनाको मृत्यु

मनिलाको एक घरमा आगलागी हुँदा १५ जनाको मृत्यु

नेपालखबर
भदौ १४, २०८० बिहिबार २०:१५, काठमाडौँ

फिलिपिन्सको कपडा कारखानाका लागि प्रयोग गरिएको एक घरमा बिहीबार आगलागी हुँदा तीन वर्षीय बालकसहित १५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

स्थानीय अग्नि नियन्त्रक वरिष्ठ सुपरिटेन्डेन्ट अरस्तु बानागाले एक पत्रकार सम्मेलनमा मनिलास्थित दुई तले भवनमा स्थानीय समयअनुसार बिहान पाँच बजे आगलागी भएको जानकारी दिए।
 
नगरप्रमुख जोय बेलमोन्टेका अनुसार आगलागीको समयमा १८ जना घरभित्र थिए। ‘उक्त आगलागीमा परेका तीन जनाले भागेर ज्यान बचाएका तर बाँकीको मृत्यु भएको छ,’ उनले भने। 

मृत्यु हुनेमा घर र कारखानाका मालिक परेका बताइएको छ। 

सामाजिक सञ्जालमा सार्वजनिक गरेको आगोको भिडियो फुटेजमा एउटा आवासीय क्षेत्रमा रहेको काठ र कङ्क्रिटले बनेको भवनमा आगोको ज्वाला लागेको देखिएको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको बानागाले बताए।

उक्त भवनमा जुत्ता र ब्यागको व्यापारका लागि व्यवसायिक स्वीकृति दिइएको थियो तर उक्त स्थानलाई टिसर्ट बनाउन र प्रिन्ट गर्न प्रयोग गरिएको अधिकारीहरूले बताएका छन्। यसमा तीन जना मात्र घोषित कर्मचारी थिए। 

‘हामीले यहाँ धेरै कानुनी उल्लङ्घनहरू देखेका छौं,’ बेलमोन्टेले भने, ‘हाम्रो शहरमा यस प्रकारको दुःखद घटना हुनुको कारण अवैध व्यवसाय सञ्चालन र सुरक्षा विधिसहित कैयौँ कुराको उल्लङ्घन भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .