स्पेनमा पहिलो पटक जुलाई महिनामा मात्रै १ करोड एक लाख विदेशी पर्यटकहरु भित्रिएका छन्।
कोरोना महामारीपछि राम्रोसँग फस्टाउन नसकेको पर्यटन व्यवसायले गति लिएको हो।
आइएनइको टुरिस्ट मुभमेण्ट्स एट बोर्डको अध्ययनले जुलाईमा एक करोड १ लाख विदेशी पर्यटक स्पेन भ्रमणमा आएको देखाएको हो।
जुन २०२२ को तुलनामा ११.४ प्रतिशतले बढी हो। २०१९ को तुलनामा २.६ प्रतिशतले बढी हो। २०२३ को पहिलो सात महिनामा ४७.६ मिलियन विदेशीहरूले स्पेन भ्रमण गरेका थिए।
जसमा सात महिनामा ९.८ मिलियन बेलायतीहरुले स्पेन भ्रमण गरेका छन् त्यसपछि फ्रान्सका ६.४ मिलियन रहेका छन्।
42
Shares
प्रतिक्रिया