ad ad

ग्लोबल


‘खाद्यान्न सम्झौता वार्ताका लागि रुस तयार छ’

‘खाद्यान्न सम्झौता वार्ताका लागि रुस तयार छ’

नेपालखबर
भदौ १८, २०८० सोमबार २१:२०, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खाद्यान्न सम्झौता वार्ताका लागि रुस तयार रहेको बताएका छन्। 

टर्कीएका आफ्ना समकक्षी रिसेप तैयप एर्दोगानलाई सोचीमा भेटपछि उनका साथ टेलिभिजन टिप्पणीमा उनले वार्ताका निम्ति आफू खुला रहेको बताएका हुन्।

युक्रेनको प्रमुख अन्न निर्यात  बन्दरगाहमा आक्रमण गरेको केही घण्टापछि ऐतिहासिक ‘ब्ल्याक सी’ अन्न निर्यात सम्झौता पुनःस्थापना वार्ता गर्न रुस खुला रहेको राष्ट्रपति पुटिनले बताउनु सकारात्मक भएको टर्कीएका राष्ट्रपतिले बताएका छन्। 

उनले खाद्यान्न आपूर्ति पुनः सञ्चालन गर्न आफूसँग नयाँ प्रस्ताव रहेको बताएका छन्। 

संयुक्त राष्ट्रसङ्घसँगको परामर्शमा उक्त प्रस्ताव तयार पारिएको उनले बताएका छन्।

संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको खाद्यान्न निर्यात सम्झौताको म्याद स्वतः समाप्त भएको रुसले एकतर्फी गत महिना घोषणा गरेपछि त्यसलाई विश्वव्यापी खाद्य सुरक्षालाई कमजोर पार्ने प्रयास भन्दै अन्तर्राष्ट्रिय जगत्ले रुसको निन्दा गरेको थियो।

रुसी राष्ट्रपतिले आफ्नो देशका कृषि उत्पादनमाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध हटाउनुपर्ने माग गरेका छन्।

मस्कोले युक्रेनका बन्दरगाह पूर्वाधारमा बारम्बार हमला पनि गर्दै आएको छ। सोमबार रूसी ड्रोन आक्रमणले ड्यानुब नदीमा रहेका अन्न निर्यात केन्द्रका गोदाम र कृषि उपकरणमा क्षति पुगेको युक्रेनी अधिकरीले बताएका छन्। 

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको आक्रमणको सामना गर्न ‘नयाँ दृष्टिकोण’ को आह्वान गरेपछि युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभलेसंसद्मा आफ्नो राजीनामा बुझाएको घोषणा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .