ad ad

ग्लोबल


लिबियामा आँधी र बाढीका कारण हजारौँको मृत्यु भएको आशंका, तस्बिरमा हेर्नुहोस् भयानक दृश्य

लिबियामा आँधी र बाढीका कारण हजारौँको मृत्यु भएको आशंका, तस्बिरमा हेर्नुहोस् भयानक दृश्य

नेपालखबर
भदौ २६, २०८० मंगलबार १४:२५, काठमाडौँ

लिबियामा आएको विनाशकारी आँधी र बाढीका कारण हजारौंको मृत्यु भएको आशंका गरिएको छ। 

पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको र हजारौं बेपत्ता भएको बताएका छन्।

लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई भने कि मृत्यु हुनेको संख्या हजारौं हुनसक्छ।

आइतबार ड्यानियल आँधीका कारण पहिरो गएको थियो । त्यसपछि प्रशासनले संकटकाल घोषणा गरेको छ। 

आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु लगाइएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको बीबीसीले जनाएको छ। 

लिबियाको रेडक्रसले कम्तीमा १५० घर पूर्णरुपमा ध्वस्त भएको जनाएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार रेड क्रिसेन्ट मानवीय प्रमुखले डेरनामा मात्रै कम्तीमा १५० जनाको मृत्यु भएको बताएका छन्।

डेर्नाका दुईवटा बाँध पनि भाँचिएको समाचार छ। डेर्नामा झन्डै १० हजार मानिस बस्छन्।

हेर्नुहोस् लिबिया विपत्तिका केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .