ad ad

ग्लोबल


हवाईजहाज बिग्रेपछि दुई दिन दिल्लीमै अड्किए क्यानडाका प्रधानमन्त्री

हवाईजहाज बिग्रेपछि दुई दिन दिल्लीमै अड्किए क्यानडाका प्रधानमन्त्री

नेपालखबर
भदौ २६, २०८० मंगलबार १५:१८,

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो हवाईजहाज बिग्रेपछि दुई दिन भारतमै अड्किएका छन्। जी२० सम्मेलनमा सहभागी हुन उनी नयाँ दिल्ली आएका थिए।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनको तनावपूर्ण द्विपक्षीय वार्तापछि आइतबार उनी घर फर्किने योजना थियो।

तर, आफ्नो विमानमा प्राविधिक समस्या आएपछि उनी दुई दिन नयाँ दिल्लीमै अड्किए। 

मंगलबार दिउँसो उनी क्यानडा फर्किने बताइएको छ।

‘विमानको प्राविधिक समस्या समाधान भएको छ। विमानलाई उड्ने अनुमति दिइएको छ,’ उनका प्रेस सचिव मोहम्मद हुसेनले भने।

उनको रोयल क्यानेडियन एयर फोर्सको सीसी–१५० पोलरिस विमान मर्मत गर्नुपर्ने अवस्था आएको थियो।

विमान बिग्रेपछि उनलाई लिन भन्दै अर्को विमान दिल्लीतर्फ पठाइएको थियो। तर, त्यो बेलायततर्फ मोडिएको छ। यसको कारण खुलाइएको छैन।

त्यसैले पहिलेकै विमान बनाएपछि उनी स्वदेश फर्किने भएका हुन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .