ad ad

ग्लोबल


भारतको मध्यप्रदेशमा १२ वर्षीया बालिका बलात्कृत, सीसीटीभी फुटेजका आधारमा अटो चालक पक्राउ

भारतको मध्यप्रदेशमा १२ वर्षीया बालिका बलात्कृत, सीसीटीभी फुटेजका आधारमा अटो चालक पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज ११, २०८० बिहिबार १३:५४, काठमाडौँ

भारतको मध्य प्रदेशअन्तर्गत उज्जैन सहरमा १२ वर्षीया बालिका बलात्कारमा परेकी छन्। 

गम्भीर घाइते अवस्थामा फेला परेकी उनलाई इन्दौरको एक अस्पतालमा भर्ना गरिएको छ। त्यहाँ उनको आईसीयूमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

सीसीटीभी फुटेजका आधारमा घटनामा संलग्न आशंका गरिएको एकजना अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उज्जैनका एसपी सचिन बर्माले बालिकाको स्वास्थ्य जाँच गर्दा उनी बलात्कृत भएको खुलेको बताएका छन्। 

‘घटनामा संलग्न आशंकामा अटो चालकलाई नियन्त्रणमा लिइएको छ। उनको गाडीमा रगतको दाग भेटिएको छ’, उनले भनेका छन्, ‘बालिकाको उपचार भइरहेको र अहिले उनको स्वास्थ्यमा निकै सुधार भइरहेको छ।’ 

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले मिडियालाई भने, ‘यस मामिलामा एसआईटी गठन गरिएको छ र एकजना संदिग्धलाई हिरासतमा राखिएको छ। अनुसन्धानपछि कडा कारबाही हुन्छ।’

यो घटनापछि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ जसमा पीडित बालिका घाइते अवस्थामा देखिएकी छन्। उनले धेरैसँग सहयोग मागेको तर कसैले सहयोग नगरेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .