ad ad

ग्लोबल


एमआरएनए कोभिड खोप बनाउने वैज्ञानिकलाई नोबेल पुरस्कार

एमआरएनए कोभिड खोप बनाउने वैज्ञानिकलाई नोबेल पुरस्कार

नेपालखबर
असोज १५, २०८० सोमबार १६:१७,

यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिडको एमआरएनए खोप बनाउने वैज्ञानिक जोडीलाई प्रदान गरिएको छ। 

डा. क्याटलन कारिको र डा. ड्रियु विसम्यानलाई पुरस्कार प्रदान गरिएको हो।

महामारी सुरु हुनुअघि नै यो यो प्रविधि परीक्षण हुँदै थियो। तर, त्यसपछि सो प्रविधिअनुसार बनेका खोप करोडौँ मानिसलाई लगाइएको छ।

क्यान्सरलगायत अन्य रोगविरुद्ध पनि सोही प्रविधिबाट खोप बनाउने प्रयास भइरहेको छ।

‘आधुनिक युगमा मानव स्वास्थ्यमाथिको सबैभन्दा ठूलोमध्येको एक खतराको समयमा विजेताहरुले खोप विकासमा अभूतपूर्व योगदान दिएका छन्,’ नोबेल कमिटीले भनेको छ।

परम्परागत खोप प्रविधि मृत वा कमजोर पारिएको भाइरस वा ब्याक्टेरियामा आधारित हुन्थे। 

तर, एमआरएनए खोप एकदम अलग प्रविधिको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .